प्रधानमन्त्री बालेन्द्र शाह को सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौं र धनुषामा घर तथा जग्गा रहेको छ। उनको नाममा काठमाडौंमा ९ आना र धनुषामा १.२ बिघा जग्गा तथा घर रहेको छ भने महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ।

प्रधानमन्त्री शाहसँग १५० तोला पैतृक सुन रहेको छ। उनको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको र उक्त रकमको स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्स रहेको विवरणमा उल्लेख गरिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो।