आशा भोसलेको राजकीय सम्मानका साथ अन्त्येष्टि

मुम्बई । भारतीय सङ्गीत आकाशकी उज्ज्वल नक्षत्र आशा भोसलेको आज अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा अन्त्येष्टि गरिँदैछ। ९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको थियो।

भोसलेको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने तयारी छ। आज बिहानैदेखि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मुम्बईस्थित निवास कासा ग्रान्डमा राखिएको छ ।

अन्तिम संस्कार अघि उनलाई राष्ट्रिय झन्डामा बेरेर सलामी समेत अर्पण गरिएको छ। उनको अन्तिम दर्शनका लागि बलिउडकर्मी, राजनीतिज्ञ र फ्यानहरूको ठुलो घुइँचो लागेको छ।