काठमाडौँ, ३० चैतः प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गर्नुभएको छ ।
यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गर्नुभएको हो ।
उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गर्नुभयो । सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ । —


















