काठमाडौं। बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १४९.३१ रुपैयाँ रहँदा बिक्री दर १४९.९१ रुपैयाँ छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १४८.७१ रुपैयाँ र बिक्री दर १४९.३१ रुपैयाँ थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७५.६९ रुपैयाँ कायम भएको छ। बिक्री दर १७६.३९ रुपैयाँ छ। मंगलबार १ युरोपियन युरोको खरिद दर १७५.०८ रुपैयाँ र बिक्री दर १७५.७८ रुपैयाँ थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०१.८४ रुपैयाँ र बिक्री दर २०२.६६ रुपैयाँ छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०१.०८ रुपैयाँ र बिक्री दर २०१.८९ रुपैयाँ थियो।


















