काठमाडौं — नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।
काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए । उनले नेपाली नागरिकता त्यागी विदेशी राहदानी लिएका चिकित्सकको लाइसेन्स खारेज गरेको बताए । ती चिकित्सकको दर्ता किताबबाट नाम हटाइएको उनले बताए ।
नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १७ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ,’ उनले भने ।


















