ओमप्रकाश भिके गहतराज द्वारा अङ्ग्रेजी भासामा लिखित जातको कलन्क विरुद्ध को सङ्हर्श (Fighting the blemish of caste)नामक पुस्तक बिमोचन गरिएको छ।ललितपुर मा आयोजित एक समारोह का बीच औपचारिक रूपमा पुस्तक सार्वजनिक गरिएको हो।कार्यक्रममा नेपालको दलित आन्दोलन,नागरिक समाज तथा शैक्षिक बिशिस्ट बेक्तित्व हरुको उल्लेखनीय सहभागिता रहेको थियो।

पुस्तक बिमोचन रास्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रम को अध्यक्षता नागरिक समाजका अगुवा तथा दलित अधिकारकर्मी मोतिलाल नेपाली ले गर्नु भएको थियो।भिडियो रेकर्डिङ माध्यम बाट लेखक गहतराजले अमेरिका बाटै आफुले पाँच बर्ष समय लगाएर यो पुस्तक लेखन र प्रकासन गरेको कुरा बताउनु भएको थियो।उहाले येस कृति बाट आगामी दिनहरुमा नेपालको दलित आन्दोलनले इतिहासका अनुभव लाई आत्मसात गर्दै नयाँ दिशाबोध गरि अगाडी बढने समेत आशा व्यक्त गर्नु भयो।

प्रा.डा.द्रोण प्रकाश रसाली जसले पुस्तक को पहिलो मस्यौदा सम्पादन गर्ने अवसर पाउनुका साथै भुमिका लेख्नु पनि भएको थियो।कार्यक्रम मा पुस्तकका महत्वपूर्ण बिवेचना गर्दै उल्लेख गर्नु भयो। यो पुस्तक का लेखक गहतराजले गर्नु भएको सन १९६० को दशकदेखी नेपालको दलित आन्दोलन सम्बन्धि ऐतिहासिक सामाग्री र दस्तावेज हरुको दीर्घकालीन ब्याबस्थित र सुक्ष्म संकलन को परिणाम बाट वहाको पुस्तक लेखन सम्भब भएको हो।गहतराजको यो कृति अभुतपुर्ण अध्यायन र जिबन्त अनुभव को संयोजन भएकोले यो केवल ऐतिहासिक दस्तावेज मात्र नभई सामाजिक न्याय को लागि शसक्त आव्हान पनि हो।

डा.रसाली ले थप भन्नू भयो लेखकले दलित आन्दोलन का महत्वपूर्ण चरण हरुको बर्णन मात्र गर्नु भएको होइन स्वयं पनि तेस आन्दोलनमा सक्रिय योगदान दिनु भएको हो।गहतराजले दलित अग्रनी नेता भगत सर्वजित बिश्वोकर्मा को निकट सहयोगी हरु सङ प्रतिक्रिया सम्बाद मार्फत १९४०को दशक देखि आन्दोलन को पृष्ठभुमि इतिहास सन्कलन गर्नु भएको थियो।
साथै वहाले हिरालाल बिश्वोकर्मा ,टि आर बिश्वोकर्मा तथा मोहनलाल कपाली जस्ता रास्ट्रिय स्तरका दलित अग्रज नेताहरू सङ निकट रुपमा सहकार्य गर्नु भएको थियो भने देशभरका आधारभुत तहका दलित अभियन्ताहरु सङ पनि गहिरो सम्बन्ध कायाम गर्नु भएको थियो।
पुस्तकले जातीय उत्पीडनको गहिरो बिश्लेशण गर्दै येस्तो भेदभाव लाई हिन्दु धर्म सङ जोडेर ब्याख्या गरिए पनि येसको मुल कारण धार्मिक गुरुहरुको पछिल्लो गलत ब्याख्या भएको तर्क प्रस्तुत गरेको छ। प्रारम्भिक धार्मिक दर्शन ले समानता र मानवीय मर्यादालाइ जोड दिये पनि सामाजिक नियमहरु निरुपण गर्ने सत्ताधारी वर्ग ले दलित हरुलाइ समाजको तल्लो तहमा धकेलेको पुस्तकमा उल्लेख छ।
यस कृतिको अर्को महत्त्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय दृष्टिकोण हो। पुस्तक ले भारतको दलित आन्दोलन बिशेष गरि डा भिमराव अम्बेडकरको बिचार र संघर्श ले नेपालको आन्दोलनमा पारेको प्रभाव लाई बिस्तृत रूपमा प्रस्तुत गरेको छ।सन १९५६ मा भएको डा अम्बेडकरको काठमाडौ भ्रमण लाई ऐतिहासिक रुपमा महत्वपूर्ण घटनाको रुपमा उल्लेख गरिएको छ।
साथै यसले नेपालको दलित आन्दोलन लाई अमेरिकी रङ्भेद विरुद्ध को नागरिक आन्दोलन लगायत विस्वब्यापी सामाजिक न्यायिक सङ्हर्श हरु सङ पनि तुलना गरेको छ।पुस्तक ले देशमा भएका जातीय हिंसा र बहिष्कारणका घटना हरु लाई समेटदै आन्दोलानका प्रारम्भ देखि हालसम्मको समग्र विवरण प्रस्तुत गरेको छ।साथै ग्लोबल कन्फ्रेन्स फर कास्ट फ्री वर्ल्ड २०२५ र तेसबाट जारी गरिएको टाेरनटाे घोषणा पत्रको सन्दर्भ मार्फत जातमुक्त विश्वका लागि विस्वब्यापी आवहानलाइ पनि जोड दिएको छ।
कार्यक्रम मा प्रा. तिलक बिश्वकर्मा प्रा. आइत बिश्वकर्मा हिरा बिश्वकर्मा तथा सन्जिब कार्की लगायत का वक्ताहरूले आफ्नो अनुभव साझा गर्दै जातिय भेदभाव का ऐतिहासिक तथा समकालीन आयामहरु बारे प्रकाश पारेका थिए ।स्टार सर्कल नेट्वोर्क द्वारा प्रकाशित यो पुस्तक सार्वजनिकिकरण मात्र नभई जातिय विभेद विरुद्ध को सङ्हर्श अझै समाप्त नभएको सन्दर्भ पनि प्रवाह गरेको छ।यश अवसरमा इतिहास प्रमाण र विस्वब्यापी सहकार्यमा आधारित निरन्तर सामुहिक प्रयासको आवश्यकतामा पुन जोड दिइएको थियो।

















