देवी आचार्यकाे “ए बैनी जमुना” को भिडियो सार्वजनिक सम्झना र बिनाकाे दमदार नृत्य

केपि कुमार जलन

लोक तथा रत्यौली शैलीमा तयार गरिएको नयाँ गीत “ए बेनी जमुना” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनेको छ। गायिका देवी आचार्य र जमुना सनामको स्वर रहेको उक्त गीतले गाउँघरको मौलिक संस्कृति, रमाइलोपन र ठेट रत्यौली भाकालाई समेटेको दर्शकहरूले बताएका छन्।

गीतमा नेपाली लोक संस्कृतिको झल्को दिने शब्द, लय तथा प्रस्तुतिले विशेष आकर्षण थपेको छ। भिडियोमा गायिका सम्झना लामिछाने मगर र माेडल विना विश्वकर्माकाे दमदार प्रस्तुति पनि दर्शकमाझ रुचाइएको देखिन्छ।

विशेषगरी टिकटक, फेसबुक र युट्युबमा गीतका छोटा क्लिपहरू व्यापक रूपमा शेयर भइरहेका छन् भने धेरैले गीतको मौलिक शैली र मिठो प्रस्तुतिको प्रशंसा गरेका छन्। ग्रामीण परिवेश र लोक संस्कृतिलाई आधुनिक ढंगले प्रस्तुत गरिएको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

निर्देशक दिनेश मुस्कानको निर्देशनमा तयार गरिएको उक्त भिडियो सार्वजनिक भएको छोटो समयमै हजारौं दर्शकको रोजाइमा पर्न सफल भएको छ। नेपाली लोक तथा रत्यौली गीतप्रेमीका लागि यो गीत विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। गितकाे भिडियाे जमुना सनम अफिसियल युटुव च्यानलबाट सार्वजानीक गरिएकाे छ।