पञ्चेबाजामा नयाँ रेकर्ड : “घडीको सुई उल्टो घुमेर” TikTok को १ नम्बर ट्रेन्डिङमा

केपि कुमार जलन

गायक ईश्वर सिंह र चर्चित मोडल कालिका रोका मगरको उत्कृष्ट अभिनय रहेको गीत “घडीको सुई उल्टो घुमेर” अहिले सामाजिक सञ्जाल TikTok मा धमाकेदार रूपमा भाइरल बनेको छ। पञ्चेबाजाको मौलिक स्वाद, नेपाली संस्कृतिको झल्को र दर्शकको अथाह मायाले यो गीत TikTok को पञ्चेबाजा विधामा १ नम्बर ट्रेडिङ मा पर्न सफल भएको छ।

विशेषगरी गाउँघरको मौलिकपन, नेपालीपन झल्काउने शब्द–संगीत र ईश्वर सिंहको सशक्त स्वरमा कालिका रोका मगरको आकर्षक प्रस्तुतीले दर्शक तथा श्रोताको मन जितिरहेको छ। छोटो समयमै लाखौं दर्शकको माया पाउन सफल यो गीत अहिले TikTok देखि Facebook Reels सम्म अत्यधिक चर्चामा रहेको छ।

नेपाली लोकसंस्कृतिलाई आधुनिक माध्यमबाट विश्वभर चिनाउने प्रयासस्वरूप आएको “घडीको सुई उल्टो घुमेर” ले पञ्चेबाजा गीतप्रेमीहरूलाई थप उत्साहित बनाएको छ। सफलताको यो यात्राले सम्पूर्ण टिमलाई अझ उर्जा र प्रेरणा मिलोस् भन्ने शुभकामना।