केपि कुमार जलन
नेपाली गीत–संगीत बजारमा नयाँ गीत ‘बोले लाज भो’ सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
चन्द्रा कार्कीको प्रस्तुति रहेको यस गीतमा खेम सेन्चुरी र चन्द्रा कार्कीको स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत शिव हमालले सिर्जना गरेका हुन् भने संगीत संयोजन बीएचएन किस्मतले गरेका छन्।
गीतको भिडियोमा सुरेश कोहली र जुना विश्वकर्माको आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, आकर्षण र लाजका भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन्।
भिडियोको छायांकन अजय रेग्मी, सम्पादन प्रविण भट्टा तथा रंग संयोजन मिलन विश्वकर्माले गरेका छन्। उत्कृष्ट दृश्य, मन छुने शब्द र सुमधुर स्वरका कारण गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ।
लोक तथा आधुनिक संगीतको मिश्रणमा तयार पारिएको ‘बोले लाज भो’ ले नेपाली संगीतप्रेमीहरूको रोजाइमा पर्न सक्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि गीतको चर्चा बढ्दो क्रममा रहेको छ।


















