नाइजरको सहारा मरुभूमिमा कम्तिमा ४९ जनाको तिर्खाले मृत्यु भएको छ। बीबीसीका अनुसार जब उनीहरूले यात्रा गरिरहेको ट्रक अचानक बाटोमा बिग्रियो अनि यात्रुहरूले धेरै दिनसम्म मर्मत गर्ने प्रयास गरे पनि तर अन्ततः उनीहरू असफल भए।
उनीहरू अत्यन्तै उच्च तापक्रम भएको मरुभूमिमा फसेका थिए। त्यहाँ पानी र अन्य आवश्यक सामग्रीहरू प्राप्त गर्न गाह्रो थियो। त्यस्तो स्थानमा फसेका कारण उनीहरूसँग पानी सकियो। दुर्घटनामा दुई जना मात्र बाँचेका थिए ।
जो कि उनीहरू मरुभूमि पार गर्न र नजिकैको शहर असामाका पुग्न सफल भए र त्यहाँका अधिकारीहरूलाई जानकारी गराए। उद्धारकर्ताहरू घटनास्थलमा पुग्दा ट्रक मुनि र वरपर दर्जनौं शवहरू फेला परेका थिए।
ट्रक नाइजरको सीमाबाट ३०० किलोमिटरभन्दा बढी टाढा रहेको मालीको हारुबा शहरबाट निस्किएको थियो। उनीहरू मुस्लिम धार्मिक उत्सवमा भाग लिएर फर्किरहेका थिए। यात्राको क्रममा उनीहरूको ट्रक बिग्रियो।
उद्धार टोलीले मृतकहरूको शवलाई सामूहिक चिहानमा गाडेको थियो। घटनास्थलबाट फर्कने क्रममा उद्धार टोलीले अर्को भाँचिएको ट्रक भेट्टायो, जसमा ६० भन्दा बढी मानिसहरू थिए, जो विगत तीन दिनदेखि बिग्रिएको ब्याट्रीका कारण मरुभूमिमा अलपत्र परेका थिए।
उद्धार टोलीले थकित र विचलित यात्रुहरूलाई पानी उपलब्ध गरायो र ट्रक मर्मत गर्न मद्दत गर्यो, जसले गर्दा उनीहरू भने सकुशल फर्कन सकेका थिए ।


















