समाजको यथार्थ बोकेको शकुन्तला गैरेको गीत सार्वजनिक

बागलुङ । गायिका तथा सर्जक शकुन्तला गैरेको नयाँ गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा महिलाले भोग्ने पीडा, पारिवारिक उपेक्षा र आर्थिक हैसियतका आधारमा गरिने विभेदलाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त कृतिले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

शकुन्तला गैरेको परिकल्पनामा तयार भएको गीतको भिडियोमा विष्णु भट्टराईको निर्देशन रहेको छ भने कृपा पौडेल कालुङ्गा, नानु रक क्षेत्री लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
गीतले दुःख र संकटको घडीमा आफ्नै परिवार तथा समाजबाट हुने बेवास्ता, महिलामाथि हुने अन्याय र पैसालाई नै प्रतिष्ठाको

मापदण्ड मान्ने सामाजिक प्रवृत्तिलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। वास्तविक घटना र भोगाइबाट प्रेरित कथावस्तु समेटिएकाले गीतले धेरै दर्शकको मन छोएको बताइएको छ।

सामाजिक यथार्थलाई कलात्मक रूपमा उजागर गर्ने प्रयासस्वरूप तयार गरिएको यस गीतमार्फत समाजलाई सकारात्मक सन्देश दिन खोजिएको सर्जक गैरेले बताएकी छन्।

गीत निर्माण तथा सार्वजनिक गर्ने क्रममा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने गुरु, अग्रज, अनुज, शुभचिन्तक, अभिभावक तथा रागश्री संगीतालय, बुटवल हस्पिटल प्रा.लि., जनजागृति माध्यमिक विद्यालय, रेमण्ड टेलर्स लगायत सम्पूर्ण सहयोगीप्रति उनले आभार व्यक्त गरेकी छन्।

सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा दर्शकको राम्रो साथ पाइरहेको छ।