झलिकाे’ गीतको चर्चाले उचाइ छोइरहेका अर्जुन सापकोटा नेपाली सांस्कृतिक महोत्सवमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान

केपि कुमार जलन/बागलुङ

नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा पछिल्लो समय गायक अर्जुन सापकोटाको स्वरमा सजिएको ‘झलिकाे’ गीतले उल्लेखनीय चर्चा बटुलिरहेको छ। सार्वजनिक भएदेखि नै गीतले सामाजिक सञ्जाल, टिकटक तथा युट्युबमा दर्शक–श्रोताको राम्रो साथ पाइरहेको छ। गीतको मिठास, आकर्षक प्रस्तुति र अर्जुन सापकोटाको भावपूर्ण गायनले धेरैको मन जित्न सफल भएको छ।

यही लोकप्रियताका बीच गायक अर्जुन सापकोटा ‘नेपाल फेस्टिभल डार्विन २०२६’ मा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन्। गैरआवासीय नेपाली संघ (NRNA) Northern Territory द्वारा आयोजना गरिने उक्त सांस्कृतिक महोत्सवमा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।

‘झलिकाे’ गीतबाट थप उचाइमा पुगेका सापकोटाले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग सांगीतिक भेटघाट गर्ने तयारी गरेका छन्। उनका प्रशंसकहरू पनि प्रत्यक्ष प्रस्तुति हेर्न उत्साहित देखिएका छन्