केपि कुमार जलन
नेपाली लोकसंगीतको क्षेत्रमा आफ्नो स्वर, साधना र समर्पणमार्फत विशेष पहिचान बनाउन सफल गायक केशव शर्मा “प्रथम जापान लोक तारा २०२६” को उपाधि जित्न सफल भएका छन्।
प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै विजेता बनेका शर्माले जापानस्थित नेपाली समुदायमाझ लोकसंगीतको गरिमा थप उचाइमा पुर्याएका छन्। उनको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली लोकसंगीतमाथिको अथक मेहनत, लगाव र समर्पणको प्रतिफलका रूपमा लिइएको छ।
लोकगीत तथा सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका शर्मा आफ्नो मौलिक गायन शैली र सांगीतिक प्रतिभाका कारण दर्शक तथा श्रोतामाझ लोकप्रिय छन्। “जापान लोक तारा २०२६” को उपाधिसँगै उनले नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा थप परिचित गराउने विश्वास गरिएको छ।
उनको यस ऐतिहासिक सफलताप्रति विभिन्न संघसंस्था, कलाकार, शुभेच्छुक तथा नेपाली समुदायले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
नेपाली लोकसंगीतका गौरव, सुरका साधक तथा संगीतप्रेमीहरूको प्रेरणाका स्रोत केशव शर्मा ज्यूलाई प्रथम जापान लोक तारा २०२६ को उपाधि हासिल गरेकोमा हार्दिक बधाई तथा आगामी सांगीतिक यात्राको सफलताको शुभकामना।


















