केपि कुमार जलन
नेपाली लोकसंगीत क्षेत्रमा लोकप्रिय बनेको गीत ‘मानुङ्कोटैमा’ ले युट्युबमा १ करोडभन्दा बढी दर्शकको माया पाउन सफल भएको छ। गीतले यो ऐतिहासिक उपलब्धि हासिल गरेपछि निर्माण टिमले केक काटेर खुसी साटासाट गरेको छ।
गीतको सफलताप्रति खुसी व्यक्त गर्दै टिमले भनेको छ, “मेहनतको फल साँच्चै मिठो हुने रहेछ। ‘मानुङ्कोटैमा’ गीतलाई १ करोडभन्दा बढी दर्शकले माया गर्नुभएकोमा सम्पूर्ण दर्शक, श्रोता तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं।”

टिमका अनुसार दर्शक–श्रोताको निरन्तर साथ, समर्थन र मायाले नै गीतलाई यो उचाइसम्म पुर्याएको हो। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
“हजुरहरूको उपस्थितिले मन प्रफुल्ल भएको छ। जय गीत, जय संगीत!” भन्ने सन्देशसहित सफलताको खुसी मनाइएको थियो।


















