केपि कुमार जलन
काठमाडौं । साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरद्वारा आफ्नो ५४औँ वार्षिकोत्सवको अवसरमा आयोजित “साँस्कृतिक संस्थान राष्ट्रिय दोहोरीगीत प्रतियोगिता–२०८३” मा सपना रोका र प्रीतम पोखरेलको जोडी विजेता बन्न सफल भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनीहरूले उपाधि जित्न सफल भएका हुन्। त्यसैगरी भावना अर्याल र मानव रावत क्षेत्रीको जोडी उपविजेता घोषित भएको छ।
लोकदोहोरी क्षेत्रका यी प्रतिभाशाली कलाकारहरूको सफलताप्रति विभिन्न व्यक्तित्व तथा संगीतप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विजेता सपना रोका र प्रीतम पोखरेललाई हार्दिक बधाई दिँदै उनीहरूको आगामी सांगीतिक यात्रा अझ सफल, सिर्जनशील र प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।
त्यस्तै उपविजेता भावना अर्याल र मानव रावत क्षेत्रीलाई पनि उज्ज्वल सांगीतिक भविष्यको शुभकामना दिइएको छ। प्रतियोगिताले नेपाली लोकदोहोरी संगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
लोकसंस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय स्तरका यस्ता प्रतियोगिताले कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली संगीत क्षेत्रलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ।


















