मंगलबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पछिल्ला एक दशकमा कांग्रेसले गरेको गलत कामका कारण मतदाता आक्रोशित भएको बताएका हुन् ।
‘देउमान दाइ, दिदी तपाईंहरूले चुनाव हारेको होइन । उम्मेदवारले होइन पार्टीले हारेको, टाउकोसँग आक्रोश पोखेको हो । नागरिकको आक्रोश भएको हो,’ थापाले भने, ‘हामी अझै पनि भनिरहेका छौं, कांग्रेसमा कुरा मिलेको भए ह्वारह्वारती भोट आउँथ्यो । एमालेमा नमिलेको के थियो, सबैले बा’बा भनिरहेका थिए, उनलाई आउनु पर्ने । माओवादीले त पार्टी कति मिलाएको गन्नै बिर्सेको रे, उसलाई आउनु पर्ने ।’
सभापति थापाले पार्टीभित्रको विवादमा अल्झिएर बस्ने समय नरहेको बताए । ‘कांग्रेसमा तपाईं-हामी जस्ता ५–६ लाख कार्यकर्ता हो, २० लाख मतदाता थिए, ती मध्ये १० लाखलाई हामीले भरोसा दिएर टिकाउन सक्यौं । बाँकी १० लाखलाई भरोसा दिन सकेनौं,’ थापाले भने, ‘घरभित्रको हिसाब गरिरहेका छौं, यहाँ अड्केर बस्नु हुँदैन ।’
नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन नभएको भए कांग्रेसलाई धेरै भोट आउँथ्यो भन्नेलाई एमालेको हालत हेर्न सुझाव दिएका छन् ।
उम्मेदवार नभई नेपाली कांग्रेसप्रति मतदाता आक्रोशित बनेकाले कांग्रेसले धक्का ब्यहोरेको उनको भनाइ छ।


















