गायिका कालिका रोका सम्मानित, म्युजिक खबर परिवारप्रति आभार व्यक्त

केपि कुमार जलन

चर्चित गायिका कालिका रोकालाई हालै आयोजित एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ। नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी गायिका रोकालाई उक्त सम्मान प्रदान गरिएको हो।

सम्मान ग्रहणपछि गायिका रोकाले “दर्शक सङ्गीत सम्मान” प्राप्त गर्न पाउँदा आफू अत्यन्त खुसी र उत्साहित भएको बताइन्। उनले म्युजिक खबर परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस सम्मानले आफ्नो सांगीतिक यात्रामा थप हौसला र प्रेरणा मिलेको उल्लेख गरिन्।

उनले आगामी दिनहरूमा अझ राम्रो, गुणस्तरीय र मौलिक संगीत सिर्जनामा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरिन्। साथै, निरन्तर माया, साथ र सहयोगको अपेक्षा गर्दै सबैप्रति आभार प्रकट गरेकी छिन्।

कार्यक्रममा विभिन्न कलाकार, संगीतकर्मी तथा अतिथिहरूको उपस्थिति रहेको थियो। सम्मानित व्यक्तित्वहरूलाई आयोजक संस्थाले नेपाली संगीतको विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान प्रदान गरेको जनाएको छ।