खेम सेञ्चुरी–कल्पना देवकोटाको सुमधुर स्वरमा ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक

केपि कुमार जलन

काठमाडौं। चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरी र अमेरिकामा रहेर नेपाली संगीतलाई निरन्तर योगदान दिँदै आएकी कल्पना देवकोटाको सुमधुर स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक भएको छ।

प्रेमभावलाई मिठासपूर्ण शब्द, कर्णप्रिय संगीत र मन छुने गायनमार्फत प्रस्तुत गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको राम्रो प्रतिक्रिया पाउन थालेको छ। खेम सेञ्चुरीको स्थापित गायन शैली र कल्पना देवकोटाको मधुर स्वरको संयोजनले गीतलाई अझ आकर्षक बनाएको छ।

गीतमा नेत्र आर्यालको शब्द, कुमार बीकेको संगीत तथा प्रकाश भट्टको निर्देशन रहेको छ। अनुभवी निर्देशक भट्टले गीतको भावअनुसार दृश्य संयोजन, आकर्षक छायांकन र कलात्मक प्रस्तुति दिएका छन्, जसले भिडियोको स्तरलाई थप उचाइ दिएको छ।

अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली भाषा, कला र संस्कृतिप्रति समर्पित कल्पना देवकोटाले प्रवासबाट पनि नेपाली लोकसंगीतलाई निरन्तर योगदान दिइरहेकी छन्। खेम

सेञ्चुरीसँगको यो सहकार्यलाई दर्शकले विशेष रुचाएका छन्।
सार्वजनिक भएको छोटो समयमै ‘मायाले मलाई हेरेको हेरे’ ले युट्युब तथा विभिन्न डिजिटल प्लेटफर्ममा उल्लेखनीय चर्चा बटुल्दै श्रोताको रोजाइमा पर्न थालेको छ।