प्रशान्त कौशलको ‘रानीबन’ सार्वजनिक, सिगान लामिचौरको मौलिक परिवेशमा प्रेमकथा

केपि कुमार जलन

बागलुङ । गायक तथा सर्जक प्रशान्त कौशलको नयाँ गीत ‘रानीबन’ सार्वजनिक भएको छ। पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको गीत अब भिडियोसहित बजारमा आएपछि दर्शक तथा संगीतप्रेमीमाझ थप आकर्षण बढेको छ।
प्रशान्त कौशलको शब्द तथा संगीत रहेको ‘रानीबन’मा प्रशान्त कौशल र सिम्रन परियारको स्वर रहेको छ। गीतको भिडियोमा प्रशान्त कौशल, रमेश विश्वकर्मा र सन्ध्या परियारले अभिनय गरेका छन्।

बागलुङको सिगान लामिचौरमा छायांकन गरिएको भिडियोमा स्थानीय प्राकृतिक सौन्दर्य, गाउँले परिवेश र मौलिक जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। प्रशान्त कौशलको जन्मथलोसमेत रहेको उक्त क्षेत्रका रमणीय दृश्यले गीतको कथालाई थप जीवन्त बनाएको छ।

‘रानीबन’ले गाउँघरको परिवेश, प्रेम, आत्मीय सम्बन्ध र स्थानीय जीवनशैलीलाई संगीत तथा भिडियोमार्फत प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। विशेषगरी ग्रामीण परिवेशसँग जोडिएका दर्शकले गीतलाई रुचाउने अपेक्षा गरिएको छ।

गीतमा आकाश नेपालीको एरेन्ज तथा मिक्सिङ, दिनेश दर्जीको प्रोडक्सन व्यवस्थापन, प्रशान्त कौशलको कथा, प्रवेश पोखरेलको छायांकन तथा सम्पादन, मदन न्यौपानेको मेकअप र सुरेश थापाको निर्देशन रहेको छ।

‘रानीबन’ सार्वजनिक भएसँगै गीतले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ। मौलिक गाउँले परिवेश र प्रेमभावलाई केन्द्रमा राखिएको यस गीतले नेपाली लोकसंगीतप्रेमी दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।