आज सुनचाँदीको मूल्य घटेको छ,कतिमा हुदैछ कारोबार ?

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो।