प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुगेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए।
प्रधानमन्त्रीको भ्रमण दलमा उनका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।
प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी भई उनी यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।


















