सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले सालघारीमा बनमाराको झारमुनि लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार कालो छाताको कपडाले बेरेर राखिएको अवस्थामा दुई नाल साबुत र एक नाल बेसाबुत भरुवा बन्दुक बरामद गरिएको छ।
बेवारिसे अवस्थामा बन्दुक राखिएको सूचनाका आधारमा प्रहरी टोली सामुदायिक वनमा पुगेको थियो ।
बरामद बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















