काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ।
यसअघि सोमबार र मंगलबार दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको थियो।
बुधबार भने सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको थियो।
बिहीबार सुनको मूल्य तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमा स्थिर रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार चाँदीको मूल्य आज तोलाको ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको मूल्य तोलाको ४ हजार ४ सय २५ रुपैयाँ थियो।


















