मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही तथा विभिन्न नीतिगत विषयमा छलफल हुन सक्ने बताइएको छ।