काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) तर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडाले फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् । शिवाकोटी दोस्रो हुँदै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
उनीहरूलाई पछ्याइरहेका डिल्लीराम सुवेदी भने केही मतान्तरले पराजित भएका छन् । यस पदमा प्रतिस्पर्धामा रहेका देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री पनि विजयी हुन सकेनन् ।
यद्यपि, निर्वाचन समितिले नतिजाको औपचारिक घोषणा गर्न बाँकी छ ।
यसअघि सहमहामन्त्रीतर्फ पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भइसकेका छन् ।
कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशनबाट ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।


















