काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।
उनी आज ललितपुरबाट पक्राउ परेका हुन्। मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर ‘सिण्डीकेट’ चलाएको आरोपमा ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो । खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य थिए ।


















