सुन आयातको कडाई , अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने यस्तो छ कारण

फागुन २२ : नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाइ गर्ने भएको छ । आइतबार एक निर्देश जारी गर्दै राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न निर्देशन गरेको हो।

यसअघि बैंकहरुले दैनिक २० किलोग्राम सम्म सुन आयात गर्न पाउँथे । तर, पछिल्लो समय रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्राको संचिति समेत घटेपछि बैंकले सुन आयात नियन्त्रणको नीति लिएको हो ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मककै उच्च रहेको छ , आज नेपालमा तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ ।