चुच्चे नक्सा र सातै प्रदेश अंकित दृष्टिवहीनमैत्री सिक्का भोलिदेखि प्रचलनमा ल्याईने

फागुन २४ः नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदैछ।

अन्य सिक्काहरुकै आकारमा आकारमा हुने नयाँ सिक्का सुनौलो रङ टकमरी गरिएका हुने राष्ट्र बैंकले बताएको छ । नयाँ सिक्काको अगाडिको भागमा चौसट्टी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेश सहितको नयाँ चुच्चे नक्सा राखिएको छ। सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ।

नेपालको नक्साको दायातर्फ दृष्टिविहीनले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्ला रहेको छ। ६५ थोप्लाहरूको वृत्ताकार घेराभिव हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको  पछाडिको भागमा पनि चौसट्टी वटा थोप्लाको वृत्ताकार घेरा रहेको छ। सो घेराको बीचमा अरू आठवटा थोप्ला वर्गाकार रूपमा राखिएको छ।