तत्काल पानी पर्ने सम्भावना छैन तर गर्मी बढ्छ मौसम पूर्वानुमान महाशाखा

फागुन २५ः दिनप्रतिदिन गर्मी बढ्दो छ । दुई, तीन दिन यता काठमाण्डौ सहित देशभरको अधिकतम तापक्रम बढेको छ।

काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ। यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ ।

तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनसम्म नियमित रुपमा गर्मी बढ्दै जाने सम्भावना रहेको मौशम पूर्वानुमान महाशाखाले जनाएको छ , केही दिन यता पानी पर्ने सम्भावना कम रहेको समेत जनाएको छ ।