संखुवासभामा यात्रुबाहक बस दुर्घटना: मृत्यु हुनेको संख्या १० पुग्यो

फागुन २६: संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका वडा नं.६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको कारण भने खुल्न सकिरहेको छैन, हाल घाईतेहरुको उद्दार भैरहेको छ, मृत्युहुनेको सनाखत हुन सकिरहेको छैन, अनुसन्धान पछि मात्रै घटनाबारे बिस्तृत जानकारि दिन सकिने प्रहरीको भनाई छ ।