फागुन २६ः पछिल्लो केही हप्ता यता निरन्तर रुपमा सुनको मूल्य उकालो लागीरहेको छ , हिजो मात्रै बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
रुस-युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ । युद्धको असर अझै पनि सुनमा पर्ने सम्भावना रहेकाले भाउ बढ्न सक्ने अनुमान गरिएको छ ।
तर, अन्तर्राष्ट्रिय बजार मूल्यमा नै भर पर्नु पर्ने अवस्था रहेकाले भाउ बारे यसै भन्न नसकिने महासंघमा पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनचादीँको मूल्य बढिरहदा नेपाली सुनचादीँ बजारमा सुन खरिद गर्नेहरुको संख्यामा भारि गिरावत भएको छ । ब्यसायीहरु नेपाली बजारको सुनको मूल्यमा भएको घदबढले आफुहरुलाई समस्यामा परेको दुखेसो गरेका हुन ।









