राजेश हमालको प्रश्न- काठमाडौँको मेयर बन्नुपर्छ कि क्या हो ?

फागुन २६ः नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले काठमाडौं

महानगर पालिकाको मेयरको उम्मेदवार बन्न इच्छा प्रकट गरेका छन्। हमालले बुधबार आफ्नो युट्युब च्यानलमा एक भिडियो राख्दै यस्तो इच्छा व्यक्त गरेका हुन् ।

शहरलाई सुन्दर बनाउनमा कसैको ध्यान नगएको भन्दै उक्त भिडियोमा हमालले भनेका छन्,’ काठमाडौं महानरपालिकाको मेयर बन्नु पर्छ कि क्या हो

हमालको उक्त भिडियोलाई हजारौंले हेरेका छन् भने उनको मेयर बन्ने इच्छालाई सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

हमालले बुधबारदेखि आफ्नो युट्युब च्यानल सुरु गरेका छन्। गाडिमा सवार रहदै गर्दा काठमाडौमा भए गरेको धुवाँ धुलो लक्षित गर्दै हमालले भनेका छन हैन काठमाडौं महानरपालिकाको मेयर बन्नु पर्छ कि क्या हो ?