दशैँ बिदा थप एक दिन लम्बियो, २०७९ सालमा दिइने बिदाका दिनहरु हेर्नुहोस्

फागुन २७ः सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।

आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो।

यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ । यस्तै कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय गरेको हो ।

हेर्नुहोस् २०७९ सालका सार्वजनिक बिदाका दिनहरु सुचि सहित हेर्नुहोस् ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/03/सम्वत-२०७९-सालको-सार्वजनिक-विदा-सम्बन्धी-सूचना-1.pdf” title=”सम्वत २०७९ सालको सार्वजनिक विदा सम्बन्धी सूचना”]