सरकारसंग लालपुर्जा माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म उत्रिए सुकुम्बासी

फागुन २७ः सरकारले सुकुम्बासी नागरिकहरुलाई लालपुर्जा दिने प्रतिवद्धता व्यक्त गरेको भएपनि कार्यान्वयन नभएपछि सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका छन्।

शुक्रबार दिउँसो संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने सुकुम्बासीहरु प्रदर्शनमा उत्रिएका हुन्।

‘अब आफ्ना लागि आफै अघि बढौं, अलमलमा नपरौं, लालपुर्जाको प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौंं’ जस्ता नारासहित मोर्चाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरेक हो ।

उनीहरुले अव्यवस्थित बसोबासीको हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। र्‍यालीका क्रममा उनीहरुले सरकारसँग बसोबासका आधारमा लालपूर्जाको माग गरेका छन्।

सकारले सुकुम्बासीहरुको मागलाई सम्बोधन नगरेमा आन्दोलन थप चर्काउदै लैजाने आन्दोलनकारिको भनाई छ ।