दलित बालिका कुटपिट घटनाको जात ब्यस्था उन्मूलन मोर्चाद्धारा घोर भर्त्सना

चैत्र २: वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालनिकट जनवर्गीय संगठन जात ब्यवस्था उन्मूलन मोर्चा नेपालले रामेछापकी दलित बालिका माथि भएको जातीय विभेद, र यातना सम्बन्धी घटनाको भर्त्सना गरेको छ ।

२ दिन अगाडि सामाजीक संजालमा बालिकालाई पिँढीको थाममा बरियो (डोरी)ले बानेर २१ घण्टा लामो यातना दिएको भिडियो बाहिरी संगै मोर्चाले घटनाको घोर भत्र्सना गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो ।

मोर्चाले पहिलो रजस्वला भएकी बालिकालाई दही चोरेकै कारण यसरि यातना दिनु दलित घरभित्र पसेकोले घर अपवित्र भएको भन्दै सिस्नु लगाउनु क्रुर यातना दिनु दन्दनीय भएको भन्दै घटनाप्रति बिरोध जनाएको छ ।

घरधनी श्रेष्ठले अहिलेसम्म दलितलाई आफ्नो घरभित्र पस्न नदिएको,आफ्नो घरमा दलित बालिका पसेकै कारण घर अपवित्र भएको भन्दै घर नै जिम्मा लिन वा रुद्री लगाईदिन जिकिर गरेको भिडियो सार्वजनिक भएको थियो ।

मोर्चाका सचिव महावीर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस घटनामा दोषीलाई हदैसम्मको कारबाही र पीडितलाई न्यायको लागि पहल गर्न राजनीतिक दल, जनवर्गीय संगठन, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकारलगायत सम्पूर्ण न्यायप्रेमी व्यक्ति एवं संघ-संगठनहरूमा अनुरोध गर्दछौँ।’