चैत्र १३ युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशको सरकारसँग युक्रेनको मद्दतका लागि लडाकू विमान, ट्याङ्क र मिसाइल डिफेन्स सिस्टम दिन एकपटक पुनः अपिल गरेका छन् ।
अबेर राती एक भिडियो सन्देशमा उनले युरोपको सुरक्षाका लागि जुन हतियार बनाइएका छन् त्यो गोदाममा धुलो खाएर बसिरहेको बताएका छन् । जेलेन्स्कीले मसिन गनले आफूहरूले रुसी लडाकू विमान खसाल्न नसक्ने पनि दुखेसो पोखे ।
जेलेन्स्कीले युक्रेनलाई रुसको कब्जामा लिएको खण्डमा रुसले युरोपको भूभागमा आफ्नो कब्जा थप बिस्तार गर्ने बताएको छ । यस्तै, युक्रेनको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सरकारका मन्त्रीसँग भेटघाट गरेका छन् । रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनी नेतासँग यो उनको पहिलो भेटघाट हो ।
युक्रेनका विदेश मन्त्री दमित्रो कुलेबाले उनले अन्य देशबाट हतियारको मद्दत पाइरहेको बताएका छन् ।


















