आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोक्यो

चैत्र १३ : निर्वाचन आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।

जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिएको हो । पालिकामा भने निर्वाचन अधिकृत तोकिएको छ । आयोगले आज गोरखापत्रमा सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्ति गरिएको उल्लेख गरेको छ।

०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ। खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ।

निर्वाचन आयोगले चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ।उनीहरूलाई निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिने र उक्त कार्यक्रममै नियुक्ति पत्र दिइने आयोगले जनाएको छ।