उपत्यकामा आजबाट मेलम्चीको पानी पठाइने

चैत्र २९ : आजदेखि काठमाडौँ उपत्यकामा पुनः पानी पठाइने भएको छ । मेलम्चीको खानेपानी आयोजनाबाट आजदेखि पानी पुन: पठाइने भएको हो ।

मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिन लागिएको हो ।

असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो ।

आज आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुङमार्गमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइनेछ ।