बैशाख १: नयाँ वर्षको पहिलो दिन तमानखोलाको पर्यटकीय क्षेत्र शोले डाडामा आन्तरिक पर्यटकको चाप ह्वाट्टै बढेको छ।

नयाँ बर्षको उपलक्ष्यमा मनोरञ्नका निमिक्त म्याग्दी बागलुङका बिभिन्न गाँउबाट शोले डाडामा मनोरञ्नको निमिक्त आउनेको संख्या ब्यापक बढेको सोही स्थानबाट धन गौ ज्योति मा.वि.का प्र.अ. रबिन्द्र कुमार बुढाले जानकारि दिएका छन ।

बुढाका अनुसार बागलुङको बोगांदोभान , खुखांनी तमान लाम्मेला र म्याग्दीको डाडाँगाउ रुम लगायतको ठाँउबाट मान्छे बिभिन्न परिकार सहित मनोरञ्नको निमिक्त सयौंको संख्यामा त्यहाँ उपस्थित भएको बताएका छन । बषन्त ऋतुको आगमन संगै उक्त शोले डाँडामा झपक्कै लागी गुरास फूल्ने भएको र उक्त स्थानबाट शोले म्याग्दीको दुरुलेक, धौलागीरी हिमाल लगायतको ठाँउ अबलोकन गर्न पाईने भएको कारण पनि आन्तरिक पर्यटक लोभिने गरेको त्यहाँका स्थानीय बासिन्दाको भनाई छ ।

पिकनिक आउनेहरुले खशी कुखुरा लगायतको परिकार उक्त स्थानमा आएर पकाउने खाने र विभिन्न समुहमा नाचगान गर्ने गरेको त्यहाँबाट अस्मिता विश्वकर्माले जानकारि दिएका छन । अस्मिताको अनुसार तमानखोलाले शोले डाँडामा स्कारक निर्माण गरेता पनि थप बिश्राम कक्ष, पिकनिक स्पोर्टलाई अझै ब्यबस्थित गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउदै स्थानीयलाई उत्पादन र ब्यवसाय संग जोड्न सकिने बताएका छन ।


















