केही दिन मौसम सफा रहने

बैशाख ३ : अबका केही दिन मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपर्दा तापक्रम बढ्नेछ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो गर्मी निक्कै बढ्न थाल्नेछ ।

हिजो भैरहवाको तापक्रम ४० दशमलव ७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यस्तै, धनगढीको ३९ डिग्री सेल्सियस, सिमरा र विराटनगरको ३८ दशमलव ५, घोराहीको ३५ दशमलव ५, र काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ ।

आज पनि देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ ।

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश(१ का थोरै ठाउँमा मात्रै छिटफुट पानी पर्ने सम्भावना रहेको छ । बाँकी ठाउँको मौसम भने सफा रहने अनुमान गरिएको छ ।