इटालियन सिरी ए फुटबलमा मिलानको सहज जित

बैशाख ३:  इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा मिलानले जिनोआलाई २-० ले हराएको छ ।

मिलानलाई जित दिलाउन राफेल लिओ र जुनियर मेस्सीअसले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा जुनियरले गोल गर्दै मिलानलाई २-० को जित दिलाए । जितसँगै मिलानले ३३ खेलमा ७१ अंक जोडेको छ । मिलान शीर्ष स्थानमा रहेको छ । जिनोआ २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।