बैखाश ४: स्याङजामा जिप दुर्घटना भएको छ ।

वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ
दुर्घटनास्थलबाट अचेत अवस्थामा निकालिएका चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले पुष्टि गरे ।
प्रहरीका अनुसार अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।
दुर्घटना भएको जिपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


















