दुर्घटना बाट जोगियो समिट एयर लुक्लाका लागि उडेको १५ मिनेटमै काठमाडौं फर्कियो

बैशाख ४ः लुक्लाका लागि उडेको समिट एयरको लेट विमान १५ मिनेटमै काठमाडौं फर्किएको छ ।

 

११ बजेर ५ मिनेटमा उडेको कल साइन नाइन एन–एएमपी विमानको बायाँ इन्जिन समस्या देखिएपछि चालक दलले दायाँ इन्जिनका भरमा सकुशल अवतरण गराएका हुन्।

चालक दलले बायाँ इन्जिन बन्द गरेर ४० माइलबाटै काठमाडौं फर्काएका थिए । उक्त उडानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेका थिए ।

लुक्ला नपुग्दै चालक दलले इन्जिन समस्या देखिएको संकेत ककपिटमा पाएपछि इमर्जेन्सी घोषणा गरेर काठमाडौं फर्किने निर्णय लिएका थिए ।