बैशाख ६ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हाल हाल कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) ले क्याथ ल्याव खरिद गर्नका लागि आह्वान गरेको १० करोडको टेण्डरमा करोडौंको आर्थिक चलखेल भएको आशंका गरिएको छ ।
अस्पतालले चैत ७ गते फिलिप्स कम्मनीलाई मात्र मिल्ने गरी स्पेक बनाए सूचना प्रकाशति गरेको थियो । सोही दिन आह्वान भएको टेण्डरमा वीर अस्पतालका मुटुरोग विषेशज्ञ डा.समिर पौडेलले सम्बन्धित विभाग र अस्पताल प्रशासनसँग समन्वय नै नगरी फिलिप्स कम्मनीलाई मात्र मिल्ने गरी स्पेक बनाएको खुल्न आएको छ ।
क्याथ ल्यावको टेण्डरमा भाग लिनका लागि अस्पतालभित्र अन्य सप्लायर्स कम्पनीहरुले कुरा उठाएपनि डा। समिरले भने उनीहरुको गुनासो नसुनेको व्यापारीहरुले बताएका छन् । मेडिकल माफियाको रूपमा चिनिएका विशाल पण्डितको कम्मनी हस्पिटेक इन्टरप्राइजेजसँग मात्र मिल्ने स्पेक बनाइएको भन्दै व्यापारीहरुले विरोध जनाएका हुन् । व्यापारीहरुले हस्पिटेकले मात्रै सहभागी हुन पाउने गरी टेण्डर आब्हान हुँदा मुटुरोगमा प्रयोग हुने उपकरण नै गुणस्तरहिन आउन सक्ने भन्दै विरोध गरिरहेका छन् ।
बैशाख ४ गते आइतबार वीर अस्पतालमा भएको प्रि विड मिटिङमा अन्य कम्पनीहरु र बायोमेडिकल इन्जिनियरहरुले एउटा कम्पनीसँगमात्र मिल्ने गरी स्पेक बनाइएको भन्दै विरोध गरेका थिए । उनीहरुले सूचनामा उल्लेख भएका बुँदाहरु सच्याउन समेत अस्पताल प्रशासनसँग माग गरेका छन् ।
बैशाख २२ गते भित्र बुझाउन भनिएको उक्त सूचनामा क्याथ ल्यावको स्पेक हुबहु फिलिप्स हेल्थ केयरको चाइनामा उत्पादित सामानसँगमात्रै मिल्छ । नेपालका लागि फिलिप्सको आधिकारीक विक्रेता विशाल पण्डित हुन् । उनै पण्डितसँग मिलेर डा। समिरले ठूलो आर्थिक चलखेल गरी स्पेक बनाएको समेत व्यपारीहरुको आरोप छ ।
उक्त स्पेकको बुँदा नम्बर २ /२, ४/१, ५/१, ५/४, ५/६, ५/७ ५/८, ६/१ र ७/१ लाई संसोधन गर्नुपर्ने पनि व्यापारीहरुको माग छ । ब्यापारीहरुले कम्तिमा टेण्डरमा भाग लिने वातावरण मिलाइदिन अस्पताल प्रशासनसँग माग गरेका छन् । यदि त्यसो हुन नसकेको खण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी हाल्ने तयारीमा उनीहरु रहेका छन् । पण्डितले स्वास्थ्य मन्त्रालयदेखि प्रतिष्ठासम्म आर्थिक चलखेल गरी काम गर्दै आइरहेका छन् । स्वास्थ्यका अधिकांश टेण्डरमा उनको हालीमुहाली हुँदै आएको छ ।
पण्डितले स्वास्थ्यसचिवदेखि मन्त्रीसम्मलाई सेटिङ मिलाइसकेको हुँदा कसैले केही गर्न नसक्ने भन्दै आफ्नो अडानमा रहन डा.समिरलाई आश्वस्त पारेको मन्त्रालय स्रोत बताउँछ । अनलाईन खबरमा समचार छ


















