डब्ल्युएचओका महानिर्देशक ग्रेबेसस भोली नेपाल आउने, शीर्ष नेताहरुसंग भेट गर्ने कार्यतालिका

बैशाख ७ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टड्रोस एडहानोम ग्रेबेसस बिहिबार नेपाल आउने भएका छन् । सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक ग्रेबेसस नेपाल भ्रमणमा आउने भएका हुन् ।

महानिर्देशक ग्रेबेससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक ग्रेबेससले बिहिबार नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेट्ने छन् ।

सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि भेट्ने भएका छन् । महानिर्देशक ग्रेबेससले शुक्रबार राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवासँग भेट गरी हनुमान ढोका दरबार स्वाक्यर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल, र टाइफाइड खोप कार्यक्रमका बारेमा समेत जानकारी लिने कार्यक्रम तय भएको छ ।

महानिर्देशक ग्रेबेससको टोली शनिबार बिहान स्वदेश फर्कने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।