बैशाख ७ : दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ ।

छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ। बिधार्थीलाई कहाँ र कसरि व्यवस्थापन गर्ने भन्ने बिषयमा प्रशासनलाई समस्या परेको स्थानीयले जानकारि गराएका छन ।
गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो ।
हाल बिद्यालयमा अन्तिम परिक्षाको समय चलिरहेको छ । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । कक्षा ४, ५ र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो, त्यो पनि हुरिको कारण बन्द भएको छ ।
विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण त गरिँदै छ तर विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउँछन् ।


















