बैशाख १० : अफगानिस्थानको कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फोटमा परेर ३३ जनाको ज्यान गएको छ । विस्फोटमा परि कयौँ घाइते भएको बीबीसीले जनाएको छ ।
यसै हप्ता अरु दुई वटा ठूला विस्फोट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । गएको वर्ष तालिबानले सत्ता कब्जामा लिएयता विस्फोटका घटनामा कमि आए पनि पछिल्लो दुई हप्तायता भने आक्रमण बढिरहेका छन् ।

















