आजको मौसम सामान्यतया सफा रहने

बैशाख ११ : देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने भएको हो ।

त्यस्तै, प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।