बैशाख १८ : संयुक्त राज्य अमेरिकाको कन्सस राज्यमा आएको आँधीका कारण सयौं नागरिक घरबारबिहीन भएका छन् । भारी वर्षापछि आएको आँधीले घरका छतहरु उडाउनुका साथै सयौं घरहरु ध्वस्त भएका छन् । आँधी प्रभावित क्षेत्रहरूमा सयौं सवारी साधनहरू समेत नष्ट भएका छन् ।

आँधी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कन्सस राज्य लगाएत अयोवा, मिसौरी र नेब्रास्कामा जनता पनि आँधीको चपेटामा परेका छन् ।


















