तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले ६९ लाई ९५ टिपाएपछि बिवाद

जेष्ठ ३ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ ।

नगरपालिकाको वार्ड नम्बर २ को मतगणना गर्दा कर्मचारीले ६९ लाई ९५ भन्दै २६ भोट बढि टिपाएपछि बिवाद भएको हो।

बिवाद पछि सर्वदलीय बैठकले तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ ।

निर्वाचन अधिकृत माधव लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने तयारी भएको बताएका छन। उनका अनुसार कर्मचारीको गल्ती भेटिएसंगै अन्य कर्मचारी राखेर मतगणना गर्ने सर्वदलीय बैठकबाट सहमति भएको बताए ।